२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय विद्यालय खेलकुदमा पशुपति माविका चार छात्रालाई स्वर्ण पदक

बुधवार , जेठ २९, २०८२

भैरहवा, २८ जेठ । यही जेठ २५ र २६ सम्म काठमाडौंमा सम्पन्न यु–१४ राष्ट्रिय खेलकुद प्रतियोगिता एथलेटिक्समा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित श्री पशुपति माध्यमिक विद्यालयका चारजना छात्राले स्वर्ण पदक जित्न सफल भएका छन् । राष्ट्रिय खेलकुद परिषद्, काठमाडौंको आयोजनामा तथा नेपालय इन्टरनेशनलको सह–आयोजनामा भएको प्रतियोगितामा चार छात्राले स्वर्ण पदक पाएका हुन् ।

पदक पाउनेमा ८ सय मिटर दौडतर्फ चाँदनी पासी तथा ४*१०० मिटर दौडतर्फ अस्मिता चौधरी, करिश्मा सिंजाली, अनुस्का चौधरी र चाँदनी पासीले पदक प्राप्त गरेको विद्यालयका अध्यक्ष अर्चित श्रेष्ठले बताउनुभयो ।

पदक पाएका छात्राहरुलाई पशुपति माविले एक कार्यक्रम गरी सम्मान गरेको छ ।