२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढ्यो

बिहिवार , जेठ ३०, २०८२

मङ्गोलिया । मे महिनाको अन्त्यसम्म मङ्गोलियामा पशुधन १ करोड ८६ लाखले बढेको छ । मे महिनाको अन्त्यसम्ममा २०२५ को शुरुमा गणना गरिएको २४.२ मिलियन प्रजनन पशुधनमध्ये मङ्गोलियाभर कुल १८.९ मिलियन अर्थात ७८.३ प्रतिशत उर्वर पशुधनले बच्चा जन्माएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । यस अवधिमा मङ्गोलियाभर नवजात पशुधनको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड ८६ लाखले बढेको देशको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

पशुपालन क्षेत्र मङ्गोलियाली अर्थतन्त्रको मुख्य स्तम्भहरू मध्ये एक हो । देशको घुमन्ते जनसंख्याको लगभग ४० प्रतिशत यसमा निर्भर गर्दछ । यद्यपि कठोर र लामो जाडोको कारण्म मङ्गोलियाका अधिकांश घुमन्ते गोठालाहरूले प्रत्येक वर्ष पशुधन गुमाउँछन् । जसले गर्दा उनीहरूको जीविकोपार्जनमा कमी आउँछ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२४ को अन्त्यमा मङ्गोलियामा ५ करोड ७६ लाख पशुधन थिए ।