२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

कोरोनाविरुद्ध जनचेतना फैलाउँदै रोट्रयाक्ट लुम्बिनी सिद्धार्थनगर

बुधवार , श्रावण २८, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, २८ साउन ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जनचेतना फैलाउने कार्यक्रममा सक्रियता देखाएको छ ।

    कोरोनाबाट तर्सिने होइन सचेत रहने हो भन्ने नाराका साथ सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले भैरहवामा जनचेतनामूलक कार्यक्रम गरेको वर्ष २०२०/२१ का अध्यक्ष सुरज भट्टराईले बताए । ‘कोरोनाविरुद्ध जनचेतना फैलाउन पैदलयात्री, साइकलयात्री, मोटरसाइकलयात्री, प्रहरी लगायतलाई मास्क वितरण गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउन आग्रह गरेका छौं, भट्टराईले भने ।’

    तीन वटा समुहमा भैरहवाको मालटोलस्थित कृष्ण मन्दिरदेखि मिलनचोकसम्म मास्क र स्यानिटाइजर वितरण गरिएको कार्यक्रम संयोजक सौरभ रेग्मीले बताए । सो क्रममा ८२० वटा मास्क र २ लिटर स्यानिटाइजर वितरण गरिएको रेग्मीले जानकारी दिए ।

    corona janchetana.jpegत्यस्तै १६ वटा ई–रिक्सा पछाडी कोरोना भाइरसको संक्रमणबाट बच्न जनचेतनामूलक सन्देश लेखिएको व्यानर टांगिएको अर्का कार्यक्रम संयोजक रोहित शाक्यले बताए ।

    आगामी दिनमा पनि स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरुलाई निरन्तरता दिने क्लबका वर्ष २०२०/२१ का सचिव सन्दिप कसौधनले बताए ।