
आइतवार , चैत्र १५, २०७७
भैरहवा, १५ चैत ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत तथा कर्पोरेट सदस्यहरुलाई सम्मान गरेको छ ।
भैरहवामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बैंक र उद्योगी व्यवसायीबीच सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले बैंक र उद्योगी व्यवसायी एक सिक्काका दुई पाटा भएको बताए । अध्यक्ष न्यौपानेले रेसुंगा डेभलपमेन्ट बैंकले उद्योगी व्यवसायीलाई ढुक्कसंग कारोबार गर्न विश्वास दिलाएको बताए । उनले रुपन्देही जिल्ला आर्थिक राजधानीको रुपमा विकसित हुँदै गएको बताए ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बढी शाखा संजाल, ग्राहक संख्या, ऋण प्रवाह, निक्षेप संकलन लगायतका कारणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा बैंक अगाडी बढेको बताए । उनले बैंकको प्रधान कार्यालय रुपन्देही प्रदेशमै रहेको बताए । उनले ग्राहकलाई भरपर्दो र विश्वासिलो सेवा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको बताए । बैंकले कृषि, पर्यटन लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरेको उनको भनाइ थियो । ‘अफ्ठयारो परिस्थितिमा पनि उद्योग व्यवसायलाई निरन्तरता दिएका उद्योगी व्यवसायीको प्रगतिमा बैंकको साथ होस् भन्ने कामना गर्दछौं, उनले भने ।
साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक शतिष द्विवेद्वीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव विजय पाण्डेयले सम्मान कार्यक्रम आयोजना गरेको भन्दै साइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुलाई धन्यवाद ज्ञापनसहितको पत्र हस्तान्तरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij