२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जसपा नेपाल रुपन्देहीले तोक्यो जिम्मेवारी, कसलाई के ?

बिहिवार , जेठ ३०, २०८२

भैरहवा, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा), नेपाल जिल्ला समिति, रुपन्देहीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा केन्द्रीय महासचिव एवं संविधान सभा सदस्य रामकुमार शर्माको प्रमुख आतिथ्यतामा भैरहवामा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको हो ।

बैठकले २०८२ असार मसान्तभित्र संगठित सदस्यता नविकरण गरी नयाँ सदस्यता एवं संगठित सदस्यतालाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकले जिल्ला पदाधिकारी एवं सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । जसअनुसार कार्यालय व्यवस्थापन तथा सञ्चालन विभागको संयोजकमा जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँ, प्रशासन तथा विकासे कार्यालय विभागको संयोजकमा अध्यक्ष सियाराम यादव, संगठन विभागमा सचिव विष्णु अधिकारी, आर्थिक विभागमा कोषाध्यक्ष चन्द्रभान तिवारी र जनवर्गीय संगठन मोर्चा विभागको संयोजकमा जिल्ला सदस्य राम बेलास यादव रहनुभएको छ ।

त्यस्तै बैठकले नेताहरुलाई विभिन्न पालिकाको इञ्चार्ज जिम्मेवारी प्रदान गरेको छ । जसअनुसार बुटवल उपमहानगरपालिकाको इञ्चार्जमा जिल्ला उपसचिव सुनिता खड्लुक, लुम्बिनी साँस्कृतिक नगरपालिकामा सियाराम यादव, गैडहवा गाउँपालिकामा उपाध्यक्ष गोविन्द कहार, शुद्धोदन गाउँपालिकामा उपसचिव जय शंकर पाठक, कोटहीमाई गाउँपालिकामा जिल्ला सदस्य राहुल यादव, रोहिणी गाउँपालिकामा कलामुद्दीन खाँ र ओमसतिया गाउँपालिकामा सियाराम यादव रहनुभएको छ ।

त्यसै गरी सियारी गाउँपालिकाको इञ्चार्जमा जिल्ला सदस्य सन्त प्रसाद बरई, तिलोत्तमा नगरपालिकामा जिल्ला सदस्य गुरुदेव गौड, कञ्चन गाउँपालिकामा राम बेलास यादव, मर्चवारी गाउँपालिकामा र देवदह र सैनामैना नगरपालिकामा सियाराम यादव, सम्मरीमाई गाउँपालिकामा जिल्ला सदस्य कमलापति यादव, मायादेवी गाउँपालिकाको इञ्चार्जमा जिल्ला सदस्य ओमप्रकाश सहानी रहनुभएको छ ।

बैठकले ९ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा राहुल यादव, बिनोद यादव, अमरनाथ यादव, महेन्द्र यादव, अमरावती हरिजन, दिनेश यादव, गायत्री यादव, ओम प्रकाश चौधरी र चन्दन चौधरी रहनुभएको छ ।

505114309_2325515571184314_2633725434902232395_n.jpg

गत वैशाख १९ गते जसपा नेपालको प्रथम जिल्ला अधिवेशनले सियाराम यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो ।