
शुक्रवार , जेठ ३१, २०८२
भैरहवा, ३० जेठ । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सचिवालय सदस्यमा सागर न्यौपाने निर्वाचित हुनुभएको छ । यसअघि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आउनुभएका न्यौपाने सचिवालय सदस्यमा निर्वाचित हुनुभएको हो ।
काठमाडौंमा सम्पन्न अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट उहाँ लुम्बिनी प्रदेश (भुगोलतर्फ) ५६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
रुपन्देही निवासी न्यौपाने २०७९ साल चैत ८ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । न्यौपानेको नेतृत्वमा अनेरास्ववियुको प्यानलै विजयी भएको थियो ।
केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुनुभएका न्यौपानेले आफ्नो कार्यप्रति वफादार भइ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेशबाट भुगोलतर्फ ६५१ मत प्राप्त गरी आर्जन रिजाल पनि केन्द्रीय सचिवालय सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij