
आइतवार , आषाढ १, २०८२
काठमाडौं, १ असार । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु पनि गुम्नसक्ने खतरा कायम रहेको बताउनुभएको छ । लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताउनु भयो । प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताउनु भयो । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘लामो संघर्ष गरेर ०४६ सालको जनआन्दोलनपछि फेरि हामी जनताले गुमाएको अधिकारहरु पुनःबहाली गराउन तपाईं हामी सबै मिलेर गुमेको अधिकार प्राप्त गर्न सफल भएका हौँ । लोकतान्त्रिक प्रणालीसँगै विभिन्न जनजाति, भाषाभाषीहरुको त्यसको पहिचान व्यव्स्थाले नै दिने भएकाले यो जुन व्यवस्था छ त्यस व्यवस्थाको विशेषता हामी कसैले पनि कसैको आदेशमा आएर बिर्सिनु हुँदैन । पहिला यसरी भेला गर्ने अधिकार नै प्राप्त भएको थिएन । यसरी संघ संस्थाहरु खोल्ने अधिकार प्रजातन्त्रको पुनःबहाली भइसकेपछि फेरि पाएका हौँ ।
हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धीहरु पनि गुम्ने हुन् की त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीवोध गर्नुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij