२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गैडहवामा निर्धारण भयो ट्याक्टर जोताईको नयाँ भाडादर

बुधवार , आषाढ ४, २०८२

भैरहवा, ४ असार । रुपन्देहीको गैडहवा गाउँपालिकामा ट्याक्टरको जोताईको नयाँ भाडादर कायम गरिएको छ । गाउँपालिकाभित्र कृषि व्यवसाय प्रयोजनमा जोताईका लागि प्रयोग हुने ट्याक्टर भाडादर निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बताउनुभयो । 

असार २ गते बसेको गाउँकार्यपालिका निर्णयले उक्त भाडादर निर्धारण गरेको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कल्टिभेटर ट्याक्टरको भाडादर प्रतिघण्टा रु. १ हजार ५ सय र रोडाभेटर ट्याक्टरको प्रतिघण्टा रु. २ हजार कायम गरिएको छ ।