
बिहिवार , आषाढ ५, २०८२
भैरहवा, ५ असार । स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ हर्नैयास्थित लुम्बिनी एकुवा पार्कमा डुबेर भारतको नौतनवा बस्ने १७ वर्षीय साहिल अन्सारीको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेका अन्सारीको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij