२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लियो क्लब अफ सिद्धार्थनगरमा गौरब नेपाल

सोमवार , चैत्र १६, २०७७

  • 7.7K
    Shares
  • 7.7K
    Shares
  • भैरहवा, १६ चैत ।
    लियो क्लब अफ सिद्धार्थनगरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२१/२०२२ को लागि गौरब नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    जसको प्रथम उपाध्यक्षमा सतिश भुसाल, द्वितीय उपाध्यक्षमा मनिश ढकाल, तृतीय उपाध्यक्षमा कमल परियार, सचिवमा आयुष अधिकारी, सह-सचिवमा गगन नेपाल, कोषाध्यक्षमा ज्योति गुरुङ र सह-कोषाध्यक्षमा बिकास पौडेल रहेका छन ।

    त्यस्तै क्लबको टेल ट्वीष्टरमा सुजता नेपाल, जनसम्पर्क अधिकारीमा सम्झना नेपाल, टेमरमा विनिता थापा, निर्देशकमा सन्देश के.सी., विवेक भण्डारी, दुर्गेश गुप्ता, मोनिका कोइराला र अनिल बस्याल रहेका छन ।

    त्यस्तै क्लबको माइ लायन एप कमिटी प्रमुखमा मुकेश अग्रहरी, स्वास्थ्य कमिटी प्रमुखमा अनिल आचार्य, खेलकुद कमिटी प्रमुखमा अनुज श्रेष्ठ, महिला तथा बालबालिका कल्याण कमिटी प्रमुखमा निलु  पाण्डे, कोष वृद्धि कमिटी प्रमुखमा समीर जैसवाल, अन्तर्राष्ट्रिय सम्बन्ध कमिटी प्रमुखमा अनुश्का क्षेत्री र सदस्यता वृद्धि कमिटी प्रमुखमा विमल गौतम रहेका छन ।
    कार्यक्रममा प्रमुख अतिथि लियो पाष्ट डिष्ट्रिक अध्यक्ष शार्दुल मयुर कसौधन, क्लबका पूर्व अध्यक्ष गौतम गुप्ता, अरुण पन्थी, निर्वाचन अधिकृत  सञ्जय सिंह के.सी, सुमन अधिकारी लगायतले बोलेका थिए ।