२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सावधानी अपनाउनुको विकल्प छैन : जल तथा मौसम विभाग

मंगलवार , चैत्र १७, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, १७ चैत ।
    जल तथा मौसम विभागले तत्काल मौसममा कुनै सुधार हुने लक्षण नदेखिएकोले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहने जनाउँदै वायु प्रदुषणको असर रहिरहने भएकाले सावधानी अपनाउनुको विकल्प नरहेको बताएको हो ।

    मनसुनपूर्व ज्यादै न्यून वर्षा भइ वायुमण्डल सुख्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ । हाल मुलुकका धेरैजसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको र विषम तुवाँलो लागेको विभागले जनाएको छ । 

    देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट उत्पन्न धुवाँका कारण पनि असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । सतर्क रहनु र सावधानी अपनाउनुबाहेक यसको कुनै विकल्प नरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।