२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मलेसियाको तेल भण्डारण केन्द्रमा आगलागी

आइतवार , आषाढ ८, २०८२

काठमाडौं, ८ असार । मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ ।

नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी जोहोर बाहरू नजिकैको पासिर गुडाङ शहरमा रहेको लरी डिपोमा सक्रिय आगो फेला पारेका थिए ।

कुनै मानवीय क्षति नभएको बताइएको छ । मलेसियाली राष्ट्रिय समाचार एजेन्सी (बर्नामा) ले घटनास्थलबाट करिव ५० मिटर टाढा रहेको आवास क्षेत्रमा पनि आगो फैलिएको रिपोर्ट गरेको छ ।