२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जाजरकोटमा भुकम्पपीडित परिवार तथा किसानलाई सहयोग

आइतवार , आषाढ ८, २०८२

भैरहवा, ८ असार । जाजरकोटको खलैगामा ५० वटा स्कूल ब्याग र ५० वटा कागतीको विरुवा स्थानीय भुकम्पपीडित परिवार तथा किसानलाई सहयोग गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियान बेल्जियमको सहयोग र लुम्बिनी विश्व शान्ति मञ्चको संयुक्त पहलमा उक्त कार्यक्रम भएको हो ।

भेरी नगरपालिकाका प्रमुख (मेयर) चन्द्र प्रकाश घर्तीको प्रमुख आतिथ्यतामाकार्यक्रम भएको हो । लुम्बिनी विश्व शान्ति मञ्चको यो वर्ष १० हजार बिरुवाहरु रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक बासु गौतमले बताउनुभयो। मञ्चलाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानले सहयोग गर्दै आएको गौतमले बताउनुभयो ।

लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारीले जलवायु परिवर्तनले प्रभावित जिल्लाहरुमा यस्तो सहायतामा जोड दिनुभयो ।