२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चट्याङ लागेर रुपन्देहीमा एक महिलाको मृत्यु

सोमवार , आषाढ ९, २०८२

भैरहवा, ९ असार । चट्याङ लागेर रुपन्देहीमा एकजना महिलाको मृत्यु भएको छ । मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित महराजगंजकी ४५ वर्षीय प्रमिला यादवको मृत्यु भएको छ ।सोमबार (आज) बिहान करिब ७ बजे खेतमा काम गर्न जाने क्रममा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

घरदेखि १ सय मिटर पुर्व उहाँलाई चट्याङ लागेपछि उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि मृतकको परिवारको जिम्मा लगाइएको साउदले बताउनुभयो ।