२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

राष्ट्रिय परोपकार महासंघ सिद्धार्थनगरद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मंगलवार , आषाढ १०, २०८२

भैरहवा, १० असार । राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगर नगर समिति, रुपन्देहीले शैक्षिक सामग्री वितरण गरेको छ । महासंघले मंगलबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि महासंघको जिल्ला सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले विद्यार्थीलाई नैतिक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लाभरी नै शैक्षिक सामग्री वितरण गरिने जानकारी दिनुभयो । उहाँले महासंघको सिद्धार्थनगर नगर समितिले महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ। ‘शिक्षाबाट कोही पनि वञ्चित हुनुहुँदैन, ’उहाँले भन्नुभयो । अधिकारीले बुटवलमा परोपकार कुुञ्जधाम निर्माण गर्न लागिएको बताउनुभयो ।

IMG_7885.JPG

श्री सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद बस्यालले राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगरले विद्यालयलाई रोजेर कार्यक्रम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

राष्ट्रिय परोपकार महासंघ नेपाल सिद्धार्थनगरका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता, सदस्य नारायण प्रसाद कोइरालाको स्वागत तथा सचिव लक्ष्मण पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष लक्ष्मी अर्याल, विद्यालयकी प्रधानाध्यापक ममता प्रधान लगायतको उपस्थिति थियो ।