
मंगलवार , आषाढ १०, २०८२
काठमाडौं, १० असार । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताउनु भयो । संसद बहिष्कार गरेर गएकाहरुले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानविन समितिको बारेमा बुझ्न नसकेको जिकिर गर्नुभयो । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी रास्वपाले काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ । भिजिट भिसा प्रकरणमा जुन रुपमा नेपालीहरु ठगिएको, नेपालीहरुले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पती गुमाएको भन्ने छ । कुनै दोषी व्यक्तिहरु उम्किन नपाओस् । निर्दोष व्यक्तिहरुले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस् । अहिले संसद बहिष्कार गरेर जानुभएका माननीयज्युहरुले बुझ्नुभएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानविन प्रक्रियालाई कुनै असर नपर्नेगरी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्पष्टतापूर्वक छानविन गरिरहेको छ । त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्नेकुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ । आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।’
उहाँले संसदीय गतिविधिलाई मलजल गर्नेगरी रास्वपाले काम गरेको आरोप लगाउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij