
मंगलवार , आषाढ १०, २०८२
काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ ।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरुले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताउनु भयो । अझ पनि त्यही प्रयासमा आफू रहेको बतउनु भयो । रास्वपाका नेताहरुले यो कुरा पछि ब्झ्ने उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन । अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरुले पछि बुझ्नुहुन्छ ।’
अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताउनु भयो । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij