२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

रुपन्देहीका प्रजिअसहित दुवै प्रहरी उपरीक्षकको सरुवा

मंगलवार , चैत्र १७, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १७ चैत ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को एकैसाथ सरुवा गरिएको छ । गृह मन्त्रालयले सोमबार अकस्मात प्रजिअ पिताम्बर घिमिरेको सरुवा गरेको छ ।

    सिडिओको सरुवा लगत्तै प्रहरी मुख्यालय र सशस्त्र प्रहरी मुख्यालयले पनि प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयले पर्साका सिडिओ अस्मान तामाङलाई रुपन्देही पठाएको छ ।

    प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा मुख्यालयबाट मनोज केसी पठाइएका छन् भने सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ । गृहको प्रशासन विभागले प्रमुख जिल्ला अधिकारी हेरफर भएको पुष्टि गरेको छ ।

    त्यसै गरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले पनि प्रहरी उपरीक्षक परिवर्तन गरिएको पुष्टि गरेको छ ।  २०७७ फागुन २१ गते बुटवलको रानीगञ्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई स्थानीयवासीले लेखेटेको घटनामा पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै सिडिओ र एसपीको सरुवा गरिएको स्रोतले भनाइ छ ।

    प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी पोखरेल त्यहाँ गएको आठ महिना मात्रै भएको थियो । सिडिओ र एसपीको कार्यकाल एक वर्ष पुगेकोलाई स्वभाविक सरुवा मानिन्छ ।