
मंगलवार , चैत्र १७, २०७७
बुटवल, १७ फागुन।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.द्वारा दुर्घटनामा परि असामयिक निधन भएका २ जना विमितका परिवारलाई विमा रकम प्रदान गरेको छ। रोल्पा जिल्ला त्रिवेणी गाउपालिका वार्ड नं १ वस्ने स्व. भानवहादुर घर्ती र रुपन्देही जिल्ला सैनामैना नगरपालिका वार्ड नं १ वस्ने स्व. नरश्विर पाध्याका परिवारलाई ११ लाखका दरले बिमा रकम प्रदान गरिएको हो।
मृत्यू भएका दुवै जना विमित व्यक्तिका परिवारलाई ११ / ११ लाखको दरले विमा वापतको रकम कुल २२ लाख रुपैयाँ प्रदान गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. वुटवल शाखाले जनाएको छ। उक्त विमा रकम हस्तान्तरणका अवसरमा शाखा प्रमुख यमराज वुढाथोकीले उक्त विमा रकमले मृतकका परिवारका निम्ती मलम वनोस भन्दै मृतक नरिश्वर पाध्याका श्रीमती सीता पाध्या र भानवहादुर घर्तीका श्रीमती खर्कमाली घर्तीलाई चेक हस्तान्तरण गरेका थिए।
कम्पनीका अनुसार विमित स्व.नश्विश्वर पाण्डेको म्यादी विमा गरेको छोटो समयमै मृत्यु भएको थियो। विमा गरेको छोटो समयमै विमितको मृत्यु भएमा पनि मृत्यु दावी बिमा भुक्तानी तत्काल पाइन्छ भन्ने उदाहरण यस घटनाले पुष्टि गरेको छ। कतिपयले विमा झन्झटिलो तथा मृत्य पश्चात विमा रकम पाइदैन भन्ने गरेको कुरालाई यस घटनाले गलत सावित गरेको कार्यालय प्रमुख बुढाथोकीले बताए।
सोही अवसरमा मृतकद्वय स्व.पाध्य तथा स्व.घर्तीलाई कम्पनीको तर्फबाट श्रदान्जली अर्पण गरिएको थियो। कार्यक्रममा बिमित परिवारका सदस्यहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij