२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि हो : राष्ट्रपति

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं, १२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संस्कृतको उद्गम र उर्वरा भूमि भएको बताउनुभएको छ । 

१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट पनि यस कुराको पुष्टि हुने उल्लेख गर्नुभयो । उहाँले नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना भूमि रहेको बताउनु भयो । महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाउनुभएको बताउनु भयो ।

वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिने बताउनु भयो । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मल्ल र शाह कालमा पनि हजारौँ हजार संस्कृतिका ग्रन्थहरु रचना भएबाट र वर्तमानमा पनि संस्कृतिका अनेक ग्रन्थ रचना भएबाट नेपाल संस्कृतको उद्गम भूमि मात्र होइन, उर्वरा भूमि हो भन्नेकुरा सिद्ध हुन्छ । नेपाल प्राचिनकालदेखि नै ऋषि महर्षिहरुको जन्मभूमि, तपोभूमि यज्ञभूमि, साधना  भूमि  हो ।

महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरुको दर्शन पाएका थिए । वाल्मिकीको जीवन र वेदव्यासको जन्म यसै भूमिमा भएको कुरा अनेक ग्रन्थहरुमा पाउन सकिन्छ । राजर्षि जनक, पाणिनी, वेदव्यास, बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध हुन् ।’

राष्ट्रपति पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभइ विश्वकै सम्पती बनेको बताउनु भयो । संस्कृत भाषालाई सीमाकरण गर्दा विस्तार हुनबाट रोकिएको बताउनु भयो । संस्कृतमा रहेका पुँजी विश्वले खोजिरहेको बताउनु भयो ।