२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छ : काँग्रेस सांसद भण्डारी

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं, १२ असार । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाउनु भयो । अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुप¥यो ।’

उहाँले अझैपनि सिमान्तकृत वर्गले निःशुल्क रुपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गर्नुभयो ।