२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

म्यानमार (बर्मा)मा जारी हिंसा र दमनविरुद्ध राष्ट्र संघ कार्यालयमा प्रदर्शन

मंगलवार , चैत्र १७, २०७७

काठमाडौं, १७ चैत । 
म्यानमार (बर्मा) मा जारी हत्या, हिंसा र दमनको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजद्वारा नेपालस्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडी प्रदर्शन गरिएको छ । 

हत्या र दमनलाई रोक्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा म्यानमारमा भइरहेको हिंसात्मक प्रदर्शन, हत्या र दमन रोक्न प्रभावकारी कदम चाल्न संयुक्त राष्ट्र संघलाई र म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई अन्त्य गर्न समस्त विश्व एक भएर सामूहिक कदम चाल्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा म्यानमारः सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लगायतका नारा लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित राष्ट्रसंघको कार्यालयमार्फत बुझाइएको थियो ।166754433_789878185282655_1826387571125443036_n_Yw8sSd38up.jpg

सो कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, समाजका सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा र सरस्वती ढकाल, अधिकारकर्मीहरू बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, दुर्गा राना मगर (लक्ष्मी), उमा गौतमसहित ५५ भन्दा बढी अधिकारकर्मीको सहभागिता रहेको थियो ।