
शुक्रवार , आषाढ १३, २०८२
बुटवल, १३ असार । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजमा यातना र लागुऔषध/मदिरादुर्व्यसनविरुद्ध सचेतता कार्यक्रम सप्पन्न भएको छ । कलेजका करिब १५० विद्यार्थीहरुको उपस्थितिमा यातना पीडितहरुको सहायतार्थ राष्ट्र संघीय दिवस तथा लागूऔषध दुव्र्यसनविरुद्ध अन्तराष्ट्रिय दिवस (२६ जुन) को अवसरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरी पाण्डेले लागूऔषध दुर्व्यसनविरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) असार १२ ः लागूऔषध तथा मदिरा दुव्र्यसनविरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरु मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै जिल्ला सदस्य सीता पौडेलले यातना पीडितहरुको सहायतार्थ राष्ट्र संघीय दिवस (२६ जुन) असार १२ः यातना उन्मुलनमा केन्द्रित शान्ति समाजको तयार पारेको अवधारणापत्र प्रस्तुत गर्दै यातना कुनै हालतमा क्षम्य नहुने बताउनुभयो । अवधारणा पत्र उपर कार्यक्रममा उपस्थित प्राध्यापक, विद्यार्थीहरुले आफ्नो भनाइ राख्नु भएको थियो ।
व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले शान्ति समाजले मणिमुकुन्द कलेज छ्नौट गरेर लागूऔषध तथा मदिरा दुर्व्यसन र यातना उन्मुलनको सचेतता कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निरन्तर यस्तै महत्वपूर्ण कार्यक्रमहरु गर्नको लागि आग्रह गर्नुभयो ।
योगगुरु समेत रहनुभएका कलेजका प्राध्यापक राम प्रसाद शर्माले लागूऔषध÷मदिरा दुव्र्यसका असर र बच्ने उपायहरुबारे विशेष प्रशिक्षण दिदै दुव्र्यसनीको डरलाग्दो अवस्थाबाट जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले जन्म र मृत्युबीचको यो अनमोल जीवनलाइ असल कार्यमा लगाइ आफू, परिवार र समाजलाई सभ्य र सुसस्कृत बनाउन सबैलाई आग्रह गर्नुभयो । प्राणी जगतको सर्वश्रेष्ठ प्राणी–मनुष्यजातीलाई लागूऔषध, मदिरा दुव्र्यसनबाट बचाउन नयाँ युगका युवा विद्यार्थीहरु जुटेर अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैलाई पनि यातना दिन नपाइने र यातना दिने वा आदेश दिनेलाइ कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी सृजन ढकाल र गरिमा काफ्लेले किशोरकिशोरी, युवा विद्यार्थीहरु मदिरा, लागूऔषध दुर्व्यसनमा दिनानुदिन फसेको देख्दा निकै चिन्ता लागेकोले यसविरुद्ध शान्ति समाजको अभियानमा जोडिएर हिंड्न आफूहरु तयार रहेको बताउनुभयो ।
शान्ति समाजका केन्द्रिय सदस्य रत्न कंडेल, कलेका प्राध्यापक, कर्मचारीहरु उपस्थिति रहेको कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कोषाध्यक्ष मोहनीलाल न्यौपानेको स्वागत तथा सह–सचिव अर्जुन कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij