२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मायादेवीमा सिक्स–ए–साईड फुटबल प्रतियोगिता हुँदै

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । रुपन्देहीको मायादेवी गाउँपालिकामा सिक्स–ए–साईड फुटबल टुर्नामेन्ट (प्रतियोगिता)–२०८२ सञ्चालन हुने भएको छ । मायादेवी युवा क्लबको आयोजनामा यही असार १५ देखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा २४ वटा  टीमको सहभागिता रहने आयोजकले जनाएका छन् ।

शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक गणेश बहादुर शाहीले सहभागी टीम र पुरस्कारको बारेमा जानकारी गराउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताउनुभयो । नकआउट आधारमा प्रतियोगिता सञ्चालन हुने उहाँले बताउनुभयो ।

क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नको लागि फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो ।

आयोजकका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ८ बसडिलवास्थित समता स्कुलको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।