२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले जानकारी दिनुभयो ।

जसपा नेपालले संघमा पनि केपी ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार प्रदेशबाट समर्थन फिर्ता लिन थालेको हो ।