२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भोजन ग्रहण कार्यक्रम गर्दै जगर्श ग्रुपले मनायो १६ औं स्थापना दिवस

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । जगर्श ग्रुप भैरहवा, रुपन्देहीले भोजन ग्रहण कार्यक्रम गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा शुक्रबार गु्रपले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन ग्रहण गराएको हो । 

स्थापना दिवस फरक ढंगले मनाउनुपर्छ भन्ने उद्देश्यले आश्रममा बेलुकीको एक छाक खाना खुवाइएको जगर्श ग्रुपका अध्यक्ष प्रिय बन्धु न्यौपानेले बताउनुभयो । ‘एउटा घरपरिवार व्यवस्थापन गर्न त चुनौती छ । तर, मानवसेवा आश्रमले १४० जना बढीलाई आश्रय दिएको छ, यो कार्य त्यति सहज छैन । म यो कार्यको प्रशंसा गर्दछु, ’उहाँले भन्नुभयो ।

ग्रुपका सचिव अनिल के.सी.ले आगामी दिनमा पनि संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो । कार्यक्रममा जगर्शका पदाधिकारी, सदस्य, सल्लाहकार लगायतको उपस्थिति थियो ।

IMG_8271.JPG

जगर्श ग्रुप भैरहवामा बिहानी हिंडाइ हिंड्ने समूह हो ।