२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एसियन बुद्ध होटलद्वारा सरसफाई अभियान जारी

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलले सरसफाई अभियानलाई निरन्तरता दिदै आएको छ । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित यो होटलले शनिबार (आज) सरसफाई कार्यक्रम गरेको हो ।

आज बिहान होटल वरपरका सडक तथा शिव मन्दिर क्षेत्रमा सरसफाई गरिएको होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले बताउनुभयो । ‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरसरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिदै आएको पाण्डेले बताउनुभयो । 

स्वच्छ वातावरणका लागि सरसफाई आवश्यक रहेकोले यसैलाई मध्यनजर गर्दै होटलले यो कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । पाण्डेका अनुसार शनिबार आयोजना गरिएको कार्यक्रम १२ औं चरणको हो।

चारतारे होटल एसियन बुद्धले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदीले बताउनुभयो ।

WhatsApp Image 2025-06-28 at 7.23.51 AM.jpeg