
शनिवार , आषाढ १४, २०८२
बुटवल, १४ असार । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बुटवलमा सम्पन्न प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा संघको प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरिएको हो ।
एकीकृत समाजवादीका उपमहासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलाले सर्वसम्मत कमिटी चयन गरिएको छ । उपाध्यक्षमा सार्दुल मयूर कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डिसि (रोल्पा), उपसचिवद्वयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित हुनुभएको हो ।
त्यसै गरी सदस्यहरुमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), विशाल बराल (गुल्मी, साईजन खान (कपिलवस्तु) लगायत रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष कृष्ण थापाले युवा संघलाई लुम्बिनी प्रदेशमा व्यवस्थित रुपमा एउटा आशालाग्दो संगठनका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
युवा संघको केन्द्रीय नेतृत्वमा विवाद भइरहेको बेला लुम्बिनी प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको हो । पार्टी निर्माणमा युवाहरुको भूमिका निकै महत्वपूर्ण हुने भन्दै अब युवा संघ लुम्बिनीको नयाँ टीमले सशक्त रुपमा काम गर्ने पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खानले विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन समरोहमा पार्टीका उपहासचिव मेटमणि चौधरी, स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाक्री, पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य एवं जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij