२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

बुधवार , चैत्र १८, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, १८ चैत्र।

    प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट आव्हान गरिएको लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन ६ महिनापछि आजबाट शुरु हुँदैछ। यसअघि प्रदेश मन्त्रिपरिषद बैठकले चैत्र १८ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। 

    गत असोज २० गते प्रदेश सभाको दुईतिहाई मतबाट नामाकरण र स्थायी राजधानीको टुंगो लगाउदै बर्षे अधिबेशन अन्त्य गरिएको थियो । प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको राप्ती उपत्यका तोकिएपछि ६ महिनाअघि अन्त्य भएको प्रदेश सभाको अधिबेशन आज दिउसो १ बजेका लागि बोलाइएको छ।

    सत्तारुढ नेकपा बिभाजित भएपछि प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ। मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका दलहरु पुनः विभाजित भएपछि अब दुई दलको लागि छुट्टा छुट्टै लहरमा बस्ने व्यवस्था मिलाइने प्रदेश सभा सचिवालयले जनाएको छ। यद्यपी मन्त्रीहरुको बसाई भने सरकारकै लहरमा हुने संभावना रहेको छ। 

    प्रदेश सभाको बैठक शुरुहुनु अघि कार्य ब्यबस्था परामर्श समितिको बैठक बसि एजेण्डा तय गर्ने र कुन दल कसरी बस्ने भन्नेबारे पनि टुंगो लगाईने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए।