
आइतवार , आषाढ १५, २०८२
जनकपुर, १५ असार । जनकपुरधाममा धान रोपाईं कार्यक्रम सञ्चालन गरी २२ औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा धान दिवस मनाइएको हो । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो । नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभुत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताउनु भयो ।
साहले कमला सिंचाई आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाई अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गर्नुभयो । साथै, धान रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij