२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स सिद्धार्थनगरको अध्यक्षमा धर्मराज र सिद्धार्थनगर लोटसको अध्यक्षमा सरिता

सोमवार , आषाढ १६, २०८२

भैरहवा, १६ असार । लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको संयुक्त पद हस्तान्तरण, अवार्ड सेरोमोनी तथा डीजी सम्मान कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पौडेलले वर्ष २०२५/०२६ का अध्यक्ष धर्मराज आचार्यलाई पद हस्तान्तरण गर्नुभएको छ । क्लबको वर्ष २०२५/०२६ को प्रथम उपाध्यक्षमा उमेश थापा, द्वितीय उपाध्यक्षमा कुलचन्द्र गौतम, तृतीय उपाध्यक्षमा कमल ज्ञवाली, सचिवमा रघु खनाल, कोषाध्यक्षमा नारायण आचार्य, सह–कोषाध्यक्षमा गंगा सागर अग्रहरी र सह–सचिवमा आनन्द खनाल रहनुभएको छ ।

त्यसै गरी नोमिनेशन चेयरपर्सनमा रवि कुमार श्रेष्ठ, क्लब मार्केटिङ चेयरपर्सनमा थिरेन्द्र कुमार रुेष्ठ, बिल्डिङ चेयरपर्सन प्रेम कुमार सेन्चुरी, पब्लिक रिलेसन चेयरपर्सनमा कृष्ण घिमिरे, टेल ट्वीष्टरमा खगेन्द्र शर्मा, टेमरमा गोकुल कंडेल, मेम्बरसीप ग्रोथ चेयरपर्सनमा रमेश घिमिरे, क्लब एडिटरमा राजु न्यौपाने, जीएलटी कोर्डिनेटरमा विनोद खरेल र एलसीआईएफ कोर्डिनेटरमा महेश चन्द थापा रहनुभएको छ ।

त्यस्तै डाईरेक्टरमा जगत खरेल, नुमेन्द्र पौडेल, दिनेश मान अमात्य, प्रकाश पौडेल, विनोद मिश्र, टीकाराम भट्टराई र हरि ज्ञवाली रहनुभएको छ । सल्लाहकार ठाकुर कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, सावित्री गुरुङ र सम्पूर्ण पूर्वअध्यक्षहरु रहनुभएको क्लबका पूर्वअध्यक्ष चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२४/०२५ का अध्यक्ष पार्वती अधिकारीले वर्ष २०२५/०२६ का अध्यक्ष सरिता आचार्यलाई पद हस्तान्तरण गर्नुभएको थियो । क्लबको प्रथम उपाध्यक्षमा सुनैना केसी गिरी, द्वितीय उपाध्यक्षमा उषा घिमिरे, तृतीय उपाध्यक्षमा अम्बिका भण्डारी, सचिवमा शान्ता योगी रोका र कोषाध्यक्षमा संजिता राज भण्डारी रहनुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

nkk.jpeg