२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–९ मा सामग्री हस्तान्तरण तथा सम्मान कार्यक्रम

सोमवार , आषाढ १६, २०८२

भैरहवा, १६ असार । नयाँ कलोनी टोल सुधार समिति तथा नयाँ कलोनी महिला समूह सिद्धार्थनगर नगरपालिका–९, रुपन्देहीको आयोजनामा मन्दिरको सभाहलका लागि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
धान दिवसको अवसर पारेर मिश्रौलियास्थित श्री नवदुर्गा मन्दिरको नवनिर्मित सभाहलका लागि २०८० सालको देउसीभैलोबाट संकलित रू. ९३ हजार बराबरको कुर्ची, पोडियम र पंखा मन्दिर समितिलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नयाँ कलोनी निवासी भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्की प्रसाद जोशी र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुन सफल नयाँ कलोनीका ९ जना विद्यार्थीहरूलाई सम्मान–पत्र र खादाले सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा कृतु पाण्डे, सलिना पाण्डे, सम्पदा खनाल, सम्राट पन्थ, अभिश्री पौडेल, अस्मी भुसाल, स्मारिका पाण्डे, स्मारिका भण्डारी, विवेक आचार्य रहनुभएको छ । नयाँ कलोनी महिला समूहका अध्यक्ष तुलसा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो ।

WhatsApp Image 2025-06-29 at 7.25.42 PM.jpeg

कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, नयाँ कलोनी टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, मन्दिर समितीका अध्यक्ष भरतकाजी केसी, वडा सदस्य बसुन्धारा पोख्रेल, पम्फा पन्त भट्टराई, तेज प्रसाद पाण्डे, उत्कृष्ट अंकका साथ उतीर्ण हुन सफल विद्यार्थी कृतु पाण्डे, कमला रायमाझी लगायतले भनाइ राख्नुभयो थियो ।

कार्यक्रममा कान नसुन्ने समस्याबाट पीडित सुनिता कार्कीका दुई नाबालक छोराहरुको उपचारको लागि संकलित रकम महिला समूहका अध्यक्ष तुलसा भुसालबाट रु. ३५ हजार नगद सहयोग हस्तान्तरण गरिएको थियो।

२०७२ सालमा स्थापना भएको नयाँ कलोनी महिला समूहका संस्थापक अध्यक्ष शुशिला पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन र संयोजन नयाँ कलोनी टोल सुधार समितिका सचिव सुवास रिजालले गर्नुभएको थियो । कार्यक्रममा मन्दिर समिति, टोल सुधार समिति र महिला समूहका पदाधिकारी, सदस्यहरू र सल्लाहकारहरूको उपस्थिति थियो ।