
बिहिवार , चैत्र १९, २०७७
बुटवल, १९ चैत ।
अखिल नेपाल फुटबल संघको आयोजनामा बिहिबार (आज) देखि ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेल सुरु हुने भएको छ । सनराईज स्पोर्टस फुटबल एरिना भलबारीमा हुने प्रतियोगितामा ३ प्रदेशका ८ टिमबीच छनौट खेल हुने बुधबार पत्रकार सम्मेलन गरी आयोजक एन्फा फुटबल प्रमुख बिनोद गुरुङले बताए ।
फाइनलमा बिजेता टिमले नगद १० लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुस्कृत हुने उनले बताए ।
प्रदेश छनौट प्रतियोगितामा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबीच ३ दिनसम्म छनौट खेल हुनेछ । यसअघि नै प्रदेश १ मा भएको ८ टिमबीचको छनौट खेलबाट विजेता र उपविजेता दुई टिम छनौट भइसकेका छन् ।
त्यसै गरी प्रदेश ३ मा हुने छनौट खेलबाट ४ टिम र प्रदेश ४ बाट २ वटा गरी फाइनलमा १० टिम हुने उनले बताए । छनौट भएको १० टिमले जनही १ लाख रुपैयाँका दरले क्लब व्यवस्थापन र यातायात खर्च प्राप्त गर्नेछन । भने लिग अन्र्तगत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ । त्यसै गरी पाँच जना विधागत खेलाडी, प्रशिक्षकलाई नगद २५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, एन्फा लिग कमिटी सदस्य दयाराम सापकोटाले फुटसल खेलको आकर्षणलाई मध्यनजर गरि कार्यक्रम गर्न लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij