
सोमवार , आषाढ १६, २०८२
बुटवल, १६ असार । रोटरी क्लब अफ बुटवल चौतारीको सातौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार कार्यक्रमको एक समारोहकाबीच रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर (डिजी) संजय गिरीले वर्ष २०२५/२६ का अध्यक्ष डोलराज अधिकारी (राजु) लाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिजी संजय गिरीले सामाजिक क्षेत्रमा रोटरीको योगदानबारे चर्चा गर्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र सरसफाईसंगै समुदायको विकासमा रोटरीबाट गरिएको भएका गतिविधिबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष डोलराज अधिकारी (राजु) ले रोट्याक्ट हँुदै रोटरीमा प्रवेशबारे जानकारी दिदै सामाजिक क्षेत्रबाट आफनो व्यक्तिगत जीवनमा पाएका उपलब्धीबारे प्रकाश पार्नुभयो । वर्ष २०२४/२५ का अध्यक्ष नुमेन्द्र पौडेलले वर्षभरी क्लबबाट गरिएको गतिविधि र उपलब्धीबारे बताउनुभयो । सबैको साथ र सहयोगका कारण क्लबलाई उचाईमा लग्न सफल भएको उहाँले बताउनुभयो । क्लबहरुको बीचमा सहकार्यसहितको कार्यक्रमलाई जोड दिदा धेरै काममा सफलता मिलेको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा २४ वटाभन्दा बढी सामाजिक गतिविधिहरु गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा डिआरआर विक्रम क्षेत्री, सितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गीता भाट, क्लबका संस्थापक अध्यक्ष डा. विष्णु प्रसाद घिमिरे, सल्लाहकार राजेन्द्र ढकाल, क्लबका प्रेसिडेन्ट नोमिनी कपिल पोखरेल, माधव पौडेलले रोटरी इतिहासलाई सबैले मनन गरेर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबमा नया सदस्य बढाउनेदेखि सामाजिक गतिविधिमा भाईब्रेट रुपमा काम गरेको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij