
मंगलवार , आषाढ १७, २०८२
भैरहवा, १७ असार । रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको रिक्त एक पदका लागि आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेपछि मतदाता नामावली दर्ता स्थगित भएको छ ।
हाल नियमित रुपमा निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी सम्पूर्ण कार्य असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको आयोगको सह–सचिव एवं प्रवक्ता नीता पोखरेलले अर्यालले जानकारी दिनुभयो ।
रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि यो क्षेत्रमा सांसद पद् रिक्त भएको छ । रिक्त पदमा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij