
मंगलवार , आषाढ १७, २०८२
काठमाडौं, १७ असार । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधान संशोधनबारे सरकारले छलफल अघि बढाइरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री खड्काले संविधान संशोधनका लागि आवश्यक छलफल गर्ने काम गरिरहेको बताउनु भएको हो । उहाँले संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको बताउनु भयो । सात बुँदे सहमति कार्यान्वयमा संविधान संशोधनको पाटोलाई लिएर विश्लेषण हुने गरेको भन्दै सरकारले अन्य राजनीतिक दलहरुसँग पनि आवश्यक छलफल गरिरहेको बताउनु भयो । संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्ने र समयानुकुल भएसँगै संविधान संशोधनको काम अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संयुक्त सरकार हो । संयुक्त सरकार भए अनुसारको भुमिका निर्वाह भइरहेको छ । सात बुँदे कार्यान्वयनका लागि दुई तिहाई चाहिन्छ, केही संविधान संशोधनका विषयहरु हुन् । त्यसबारेमा अन्य पार्टीहरुसँग पनि छलफल भइरहेको छ । समय अनुकुल बनाएर त्यसको कार्यान्वयन हुन्छ । त्यसको लागि सरकारले गरिरहेकै छ । दुई तिहाई नभएका कारणले रोकिरहेको हो । दुई तिहाई पुगेको दिन कार्यान्वयन भइहाल्छ ।’
उहाँले दुई तिहाई नभएका कारणले रोकिरहेको र दुई तिहाई पुगेको दिन सात बुँदे सहमति कार्यान्वयन हुने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij