२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गत वर्षको बाढीले ठूलो पाठ सिकायो, आवश्यक पूर्वतयारी गर्दैछौँ : मेयर महर्जन

बुधवार , आषाढ १८, २०८२

  • 919
    Shares
  • 919
    Shares
  • ललितपुर, १८ असार । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताउनु भएको छ । 

    मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका कामहरु गरिरहेको बताउनु भयो । यद्यपि केही उपकरण तथा साधन अभाव रहेकाले त्यसतर्फ समेत काम भइरहेको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘गत वर्षको असोजमा गएको बाढीबाट हामीले ठूलो पाठ सिक्यौँ । यस्ता विपद्बाट नगरबासीहरुलाई सुरक्षा प्रदान गर्नको निमित्त ललितपुर महानगरपालिकाले गर्नुपर्ने धेरै कामहरु बाँकी नै छन् भनेर हामीले लेसन लर्न गर्यौं । सोहीअनुसार हामीले विभिन्न किसिमको तालिमहरु र उपकरणको पनि हामीले व्यवस्थापन गरेका छौँ । अझै कम भउको उपकरण र साधनहरुको व्यवस्थापन गर्न गइरहेका छौँ ।

    विपद् व्यवस्थापनको सवालमा मुलुकका सात सय ५३ वटा स्थानीय तहहरुमध्ये ललितपुर महानगरपापलका सबैभन्दा अब्बल छ भन्ने गरेको थिए । तर हामीले उतिबेला विपद् प्रतिकार्य गर्न त्यति सफल भएनौँ । विपद् कहिल्लै नरोकिने रहेछ । त्यसकारण विपद् प्रतिकार्यको लागि आवश्यक तालिमहरु गरिरहनुपर्ने रहेछ ।’

    विपद् व्यवस्थापनको सवालमा मुलुकका ७५३ स्थानीय तहहरुमध्ये ललितपुर महानगरपालिका अब्बल भएपनि आवश्यक पूर्वतयारी गर्न नसक्दा गतवर्षको विपद्को प्रतिकार्य गर्न नसकिएको उहाँको भनाइ छ ।