
बुधवार , आषाढ १८, २०८२
काठमाडौं, १८ असार । नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिले भइरहेको चुनौतिहरु समाधान गर्नेगरी पर्यटन प्रवद्र्धनमा लाग्न जरुरी रहेको बताउनु भयो । विमानस्थलबाट बौद्ध धर्मावलम्वी पर्यटकहरुलाई छुट्टै काउण्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने बताउनु भयो । विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताउनु भयो । धार्मिक आस्थामा आउने पर्यटकहरु धेरै अनुशासित हुने बताउनु भयो । धार्मिक पर्यटकका लागि पर्यटन बोर्डले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो भगवान गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छाँै । सगरमाथा भएको देश नेपाल । एयरपोर्टमा एउटा काउण्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन् । उनीहरुलाई सम्मानको रुमपा दिएको हुन्छ । मैले बोले पनि त्यो हुन सकेको छैन । एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ । देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ ।’
सांसद ढकालले चीन र भारतको सम्बन्ध नेपालमा विशेष रहेको र धार्मिक आस्थाका हिसावले पनि आउने गरेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij