
बुधवार , आषाढ १८, २०८२
काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताउनुभएको छ ।
बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुलिङको विषयवस्तु आजको नभएको भन्दै यो छेडखानी मात्र नभइ षड्यन्त्र भएको बताउनु भयो । उहाँले देशलाई सपार्ने हो भने आफ्नो नभइ नेपाल आमाको अनुहार हेर्नुपर्ने बताउनु भयो । नजानेर त्रुटी भएर भन्नेकुरा नरहेको भन्दै यसमा सहभागीहरुमाथि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुलिङको विषयवस्तु आजको होइन । छेडखानी मात्रै होइन, षड्यन्त्र भएको छ ।
मुख्यसचिवदेखि सहसचिवसम्मको विषयवस्तु सुन्न चाहन्छौँ । मैले हरेक दिनको बैठकमा यहाँहरुको अनुहार पनि हेरेको छु, मैले भनेको पनि छु । देशलाई सपार्ने हो भने नेपाल आमाको अनुहार हेरौँ । आफूतिर होइन । यो षड्यन्त्र भएको छ । नजानेर त्रुटी भएर भन्नेकुरा आएको छ, होइन । यसमा कोको सहभागी भएका छन्, यसको छानविन हुनुपर्छ ।’ प्रमुख सचेतक पाण्डेले अन्तिममा विधेयक पढ्न समिति सदस्यहरुलाई नदिइएको भन्दै आपत्ति जनाउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij