२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो : रामहरि खतिवडा

बुधवार , आषाढ १८, २०८२

काठमाडौं, १८ असार । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ ।

बुधवारको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनु भयो । उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनु भयो । उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताउनु भयो । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताउनु भयो । आफू कसैको निगाहले राजनीतिमा नआएको बताउनु भयो । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले कत्रो भनाइ, कठिनाइ खानुपरेको छ, बेइज्जती भोग्नुपरेको छ । हामी जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमा तुहाउने काम गर्नुहुन्छ । यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छाँै । छानविनपछि गल्ती भए रामहरि खतिवडा जस्तो सुकै सजाय भोग्न तयार छ । म मेरो गल्ती देखिए जस्तोसुकै सजाय भोग्न तयार छु । समितिको रायबाट बाहेक राजीनामा दिएपछि र अन्य सरकारी बाहेक अरु केही थपेको छैन । म कसैको निगाहले राजनीतिमा आएको होइन । निर्वाचित भएरै आएको हुँ ।

एक पटक होइन, त्यो भन्दा बढी पनि भएको हौँला । मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दुःखै गरेर आएको हुँ । म क्यारेम्बोड खेलेको जस्तो यता देखाएर अर्कोतिर छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठासँग दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । थाहा छ तर ममाथि आक्रमण भएको छ । प्रहार भएको छ ।’

उहाँले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताउनु भयो ।