२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

बुधवार , आषाढ १८, २०८२

  • 937
    Shares
  • 937
    Shares
  • काठमाडौं, १८ असार । राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ । 

    बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।यस्तै बैठकले बजेट आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ ।

    राष्ट्रियसभाको अर्को बैठक यहि असार २० गते शुक्रबार बोलाइएको छ ।