
शुक्रवार , आषाढ २०, २०८२
काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताउनु भयो । उहाँले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताउनु भयो । सरकारले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताउनु भयो ।
वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप लगाउनु भयो । यो सरकारलाई साथ दिन नसकिने उहाँको स्पष्टीकरण छ । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्वन गर्न सकेको छैन । जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन । त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन ।
यो सरकार जनमुखी होइन, जनविरोधी हो । यस्तो सरकार जुन सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन ।’
अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij