२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम समापन

आइतवार , आषाढ २२, २०८२

भैरहवा, २२ असार । भैरहवा तेक्वान्दो क्लब, सिद्धार्थनगरको आयोजनामा भएको तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिमको समापन गरिएको छ । तालिम असार १८ देखि २१ गतेसम्म भैरहवामा सञ्चालन भएको थियो । 

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि माउण्ट एभरेष्ट कत्था मिल्स प्रा.लि.का सञ्चालक बसन्त रोक्का क्षेत्रीले भैरहवा तेक्वान्दो क्लबले प्रशिक्षकहरुलाई प्रशिक्षण दिएर अझ सबल र सक्षम बनाउन खोजेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि क्लबलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुदमा अनुशासन महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

त्यस्तै भैरहवा तेक्वान्दो क्लबका संस्थापक उपाध्यक्ष तथा नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले प्रशिक्षकका लागि प्रशिक्षण तालिम सञ्चालन गर्नु महत्वपूर्ण कार्य रहेको बताउनुभयो । उहाँले तालिमले प्रशिक्षकहरुमा आत्मबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले उच्च मनोबलका साथ खेलाडी उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यले भैरहवा तेक्वान्दो क्लबले विगतमा पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले भैरहवामा नमूना कबर्ड हल बनिरहेको र यो गौरवको कुरा भएको बताउनुभयो । ‘आत्मबलका साथ अगाडि बढ्नुस्, जिल्ला खेलकुद विकास समिति तपाईहरुको साथमा छ, ’उहाँले भन्नुभयो ।

भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एकनारायण अर्याल (विष्णु) ले तेक्वान्दो प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले कभर्ड हल यथाशिघ्र बनाउने प्रयासमा रहेको बताउनुभयो । 

IMG_8988.JPG

क्लबका कोषाध्यक्ष दीपक न्यौपानेको स्वागत तथा सचिव प्रकाशमान राजभण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १२ जना प्रशिक्षकको सहभागीता रहको तालिमको सहजीकरण भैरहवा तेक्वान्दो क्लबका सचिव प्रकाशमान राजभण्डारीले गर्नुभएको क्लबले जनाएको छ ।