२०८२, पौष १८ गते

Jan 02 2026 | २०८२, पौष १८ गते

जसपा नेता यादवमाथि दुर्व्यवहार गरिएको भन्दै समाजवादी युवा संघको ध्यानाकर्षण

आइतवार , आषाढ २२, २०८२

  • 7.6K
    Shares
  • 7.6K
    Shares
  • भैरहवा, २२ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवमाथि प्रहरी प्रशासनले दुर्व्यवहार गरेको भन्दै समाजवादी युवा संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    संघका केन्द्रीय अध्यक्ष मोहम्मद असलम खानले विज्ञप्ती जारी गर्दै घटनामा भाइरल भएको अडियोको छानबीन गरी भविष्यमा यस्तो घटना नदोहोरिन सम्बन्धित निकायले अमानवीय क्रियाकलाप गर्ने/गराउने जोसुकैलाई अविलम्ब कारवाही गर्न माग गर्नुभएको छ । यस्ता व्यवहार नसच्चिए कडा कदम चाल्न बाध्य हुने उहाँले विज्ञप्तीमार्फत चेतावनी दिनुभएको हो ।

    ‘जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु पूर्वाधार विकास कार्यालयमा खटिरहेको देखेर सेवाग्राहीहरु त्रसित भएको जानकारी पाउनासाथ सम्बन्धित जिल्ला प्रहरी प्रमुखज्यूलाई प्रदेश अध्यक्षज्यूले फोनमार्फत के कसो हो भन्ने जानकारी लिन खोज्दा प्रहरी प्रमुखको हेपाहा शैली एवं पूर्वाग्रही चरित्र प्रस्तुत भएको छ, ’विज्ञप्तीमा भनिएको छ । ‘त्यस संवाद लगत्तै राती करिब १२ बजेको समयमा जिल्ला प्रहरी प्रमुखको आदेश अनुसार प्रहरी नायव उपरीक्षकको नेतृत्वमा सयौंको संख्यामा प्रहरीहरुको समूह प्रदेश अध्यक्षज्यूको निजी निवासमा घरभित्र सुतिरहेको अवस्थामा महिला एवं घरपरिवारमाथि प्रहरीले गरेको दुर्व्यवहार तथा हेपाहा शैलीमा कुरा गर्नु विभेदपूर्ण रहेको स्पष्ट देखिन्छ, ’विज्ञप्तीमा उल्लेख छ ।

    जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काबीच टेलिफोनमा भएको कुराकानी अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबीचको विवाद गालीगलौजमा परिणत भएको थियो ।