
आइतवार , आषाढ २२, २०८२
काठमाडौं, २२ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री नगर्ने प्रश्ताव विधेयकमा ल्याउनुपर्ने माग गर्नुभएको छ ।
आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । जसबारे बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताउनु भयो । सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वायुसेवालाई व्यवस्थापन करार वा शेयर निस्काषन वा विक्री गरिने छैन भनेर यो प्रश्तावनामा ल्याउनुपर्छ । त्यो ल्याएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा । अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ । सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ ।’
सांसद सुवालले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने झँै विधेयक ल्याइएको भन्दै यो ठिक नभएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij