२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लायन्स सिद्धार्थनगर युथको अध्यक्षमा युवराज श्रेष्ठ

आइतवार , आषाढ २२, २०८२

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २२ असार । लायन्स क्लब अफ सिद्धार्थनगर युथको पद हस्तान्तरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष निकेश देव हटुवालले वर्ष २०२५/०२६ का अध्यक्ष युवराज श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको थियो । 

    वर्ष २०२५/०२६ को प्रथम उपाध्यक्षमा हरि आचार्य, द्वितीय उपाध्यक्षमा मोहम्मद जुबेर खान, तृतीय उपाध्यक्षमा सचिन्द्र तुलाधर, सचिवमा विराट गुरुङ, कोषाध्यक्षमा विरेन्द्र ज्ञवाली, सह–सचिवमा शुभम कर्ण र सह–कोषाध्यक्षमा शिवु आले रहनुभएको छ ।

    sachin.jpg

    त्यस्तै क्लब मार्केटिङ चेयरपर्सनमा विशाल जयसवाल, क्लब सर्भिस चेयरपर्सनमा भिष्म कोइराला, क्लब मेम्बरसीप चेयरपर्सनमा विवेक रघुवंशी, डाईरेक्टरमा जवाहिर अग्रहरी, संजय जयसवाल र टेल ट्वीष्टरमा अनुज खत्री रहनुभएको छ ।

    क्लबको सल्लाहकारमा प्रशान्तमणि रामदाम, अनित कुमार गुप्ता, लियो एडभाईजरमा धिरज मल्लिक, असिम सैंजु र निकेश देव हटुवाल रहनुभएको क्लबका तृतीय उपाध्यक्ष सचिन्द्र तुलाधरले जानकारी दिनुभयो ।

    n nkllaa.jpg