
शुक्रवार , चैत्र २०, २०७७
बुटवल, २० चैत ।
रुपन्देहीमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग २०७८ लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश छनौट चरणको खेलमा रुपन्देहीका झरना स्पोर्ट्स क्लब र लुम्बिनी फुटसल फाइनलमा प्रवेश गरेका छन ।
अखिल नेपाल फुटबल संघको आयोजनामा सनराईज स्पोर्ट्स भलबारीमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झरनाले ईन्टर स्र्पोट्स क्लबलाई ६–३ गोल तथा लुम्बिनीले कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्लालाई ७–१ गोल अन्तरले पराजित गर्दै छनौट चरणको फाइनलमा प्रवेश गरेको हुन ।
पहिलो खेलमा झरनाका दिपेश गुरुङ म्यान अफ दी म्याच तथा दोस्रो खेलमा लुम्बिनीका रोजन दाहाल म्यान अफ दी म्याच घोषित भएका थिए । तीन वटा प्रदेशका ८ टिम बीच भएको छनौट खेलबाट हुने संयोजक विनोद गुरुङले बताए ।
प्रतियोगिताको विजेता एक टिम उत्कृष्ट १० ए डिभिजनमा छनौट हुनेछ । रुपन्देहीमा झरना स्पोर्ट्स क्लब, राधाकृष्ण एफसी, बुद्ध भुमि, ईन्टर स्पोर्ट्स क्लब, युनिक फुटसल, लुम्बिनी फुटसल, कर्णाली फुटसल एण्ड स्पोर्ट्स हब जुम्ला र गोर्खा ब्यायज रुपन्देहीबीच छनौट हुने उनले बताए । देशभरका सात प्रदेशबाट छनौट भएका अन्तिम १० टिमले जनही १ लाख क्लब व्यवस्थापन र यातायात खर्च पाउने उनले बताए ।
लिग अन्तरगत नेपालको राष्ट्रिय फुटबल टोली चयन हुनेछ । काठमाण्डौमा हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछ । उपविजेता टिमले नगद ५ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij