
आइतवार , आषाढ २२, २०८२
काठमाडौं, २२ असार । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ ।
सञ्चारमाध्यमहरुमा सुनकोसी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो । आईतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताउनु भयो । कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताउनु भयो ।
बाँध र विद्युत गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँगको ठेक्का सम्झौता तोड्दा अहिले सरकारलाई नै नोक्शान हुने स्थिति रहेको र एक पटकलाई मौका दिएर हेर्नेगरी सरकार अघि बढेको बताउनु भयो । काम नभएको खण्डमा ठेक्का तोड्ने काम सरकारले जहिले पनि गर्नसक्ने बताउनु भयो । उहाँले निमित्त प्रमुखको भरमा आायेजना सञ्चालन भइरहेको भएपनि छिटै सरकारले सहसचिव तहको कर्मचारी पठाउने बताउनु भयो ।
फाउण्डेशन तयार भइसकेपछि नदीले बगाएको र पुनः फाउण्डेशन तयार भएको अवस्था रहेको बताउनु भयो । खर्च पनि भइसकेको र ठेकेदारसँग आर्थिक अभावको समस्या देखिएको बताउनु भयो । बाढीको इन्स्योरेन्स पनि नपाएको, भएको पैसा विभिन्न शिर्षकमा खर्च गरेको, पुलहरु बगाउँदा र मेटेरियल लैजान नसकेको ठेकेदारले गुनासो गरेको बताउनु भयो ।
ठेकेदारले समय थप मागेको र काम पूरा गर्ने प्रतिवद्धता जनाएको एवं बंैकहरुले पनि थप ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको बताउनु भयो । ठेक्का तत्काल तोड्दा ३९ प्रतिशत बिलोमा ठेक्का लिएको र अर्को १५ देखि २० प्रतिशत थप नगरी अहिलेको समयलाई मेल नखाने र अब भइरहेको आयोजनामा ५० देखि ६० प्रतिशत थपेर ठेक्का लगाउन नसकिने स्थिति रहेको बताउनु भयो ।
सबै ठेक्काको प्रक्रिया हेर्दा एक वर्षमा अर्को ठेक्का लाग्न नसकेको अवस्था रहेको स्थिति रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij