२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

जनउत्थानमा ३३ औं खुल्ला रक्तदान

शुक्रवार , चैत्र २०, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २० चैत ।
    ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, कोटिहवा रुपन्देहीले शुक्रबार कोटिहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जनउत्थान सिस्टर्स क्लबको आयोजनामा भएको रक्तदानमा ४२ जनाले रक्तदान गरेको सहकारीका सचिव सरु रानाले बताइन् ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ सञ्चालक सदस्य भिम तुलाचनले रगतको अभावमा मानिसले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गर्नु प्रशसंनीय रहेको बताए ।

    सहकारीका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतले बोलेका थिए ।

    ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनउत्थानले क्यूआर कोड शुभारम्भ कार्यक्रम गरिएको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए । received_872606199994415.jpeg
    ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ आज ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।