२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मामा

आइतवार , आषाढ २२, २०८२

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बिर्सनु कसरी ? त्यो प्यारो नाम,
    फिका लाग्छन् सब जुन र घाम !
    दिनभरी म सँगसँगै खेल्ने साथी,
    आमापछिको मेरो प्यारो मामा !!

    न्यानो काख राखी कथा सुनाउने,
    मेरो स्वप्नमा सधै संसार घुमाउने !
    गुलाफझैं मन, जूनझैं छन् शान्त,
    स्नेह सुगन्धित बनि छायो अनन्त !!

    मामाको म हुँ भन्छन् प्यारो राजा,
    मेरो घोडा बन्छन् पिँठ्यू चढाई !
    गोडा उचाली काँध चढाउँछन्,
    सुनाउँछन् मीठा कुराले हँसाई !!

    मामाको छ मेरो हृदय विशाल,
    माया गर्छन् अति स्वच्छ, निर्मल !
    दिन्छन् नाना राम्रो किनेर ल्याई,
    भरिदिन्छन् पेट मेरो मिठो खुवाई !!

    रुँदा म, रुन्छन् मलाई जिस्काई
    हाँसे म हास्छन् सब दुःख भुलाई !
    बिर्सनु कसरी ? त्यो प्यारो नाम,
    फिका लाग्छन् सब जुन र घाम !!